विराटनगर / विराटनगर महानगरपालिकाले पीसीआर मेसिन खरिद गरेको छ ।
सम्भावित कोरोना संक्रमितको नमुना संकलन गरेको रिपोर्ट आउन ढिलो भएपछि महानगरले कोरोना जाँचका लागि छुट्टै पीसीआर मेसिन खरिद गरेको हो ।
महानगरसँग कोरोना जाँच्ने प्रविधिक जनशक्ति छैन । यो मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्नेछ ।
मेसिन सञ्चालनका लागि महानगरपालिकाले कोशी अस्पताललाई २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको मेयर भीम पराजुलीले जानकारी दिए ।
महानगरपालिकाले निजी क्षेत्रको सहयोगमा मेसिन खरिद गरेको हो । मेसिन खरिद र सञ्चालनका लागि निजी क्षेत्रबाट ६० लाख रुपैयाँको प्रतिवद्धता आएको मेयर पराजुलीले बताए ।
उनले आफ्नो एक वर्षको सुविधा पनि यही काममा खर्चने बताएका छन् ।