मोफशलकै सर्वाधिक पुरस्कार रासिको मेची नेत्रालय गोल्डकपको तयारी पुरा ।

खेलकुद

कात्तिक ५ काकरभिट्टा/
शुष्मा राजवंशी-

भोली देखी झापाको काकरभिट्टामा शुरु हुने मोफशलकै सर्वाधिक पुरस्कार रासिको मेची नेत्रालय गोल्डकपको तयारी पुरा भएको छ । काकरभिट्टा उच्च माविको खेल मैदानमा हुने खेलका लागी स्टेज निर्माण, दर्शकहरुलाई सहज रुपमा हेर्नका लागीे प्याराफिट निर्माण तथा ग्राउण्ड सफाईको काम सकिसकेको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको छ । खेल स्थानमा दर्शकहरुका लागी ५ हजार क्ष्मताको प्याराफिट निर्माण गरिएको छ । प्रतियोगितमा एक बिदेसि सहित १० टोलीको सहभागिता रहने छ । जसमा नेपाल पुलीस क्लब काठमाण्डौ, सुभाष चन्द्र बोईज क्लब कलकत्ता भारत, सुदुरपश्चिम ११, रमपम झापा ११, त्रिभुवन आर्मी क्लब काठमाण्डौ, एपिएफ क्लब काठमाण्डौ, रुपन्दैहि ११, मनाङ मस्र्याङ्दी क्लब काठमाण्डौ, हिमालयन शेर्पा काठमाण्डौ र आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेनटर काकरभिट्टा रहेका छन् ।
काकरभिट्टा फुटबल ट्रेनिङ सेनटरको आयोजनामा हुने खेल अन्तरगत भोली हुने उद्घाटन खेलमा नेपाल पुलीस क्लब काठमाण्डौ र सुभाष चन्द्र बोईज क्लब कलकत्ता भारत बिच प्रतिषपर्धा हुने आयोजकका अध्यक्ष मिनबहादुर बस्नेतले बताए । खेल दिउसो १ बजेदेखी काकरभिट्टा उच्च माविको खेलमैदानमा शुरु हुने छ ।
मेची नेत्रालय मुख्य प्रायोजक, मेची बस व्यवसायी संघ र नरेन्द्र मेचे सहप्रायोजक रहेको प्रतियोगितामा विजेता हुने टिमले नगद ८ लाख १ हजार, उपविजेता हुने टिमले नगद ४ लाख १ हजार प्राप्त गर्ने आर्थिक समितिका संयोजक एवम् काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गङ्गालाल गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।