एनआरएन युएईले खेलकुदको आयोजना गर्ने

खेलकुद देशबाहिर

एनआरएन युएईले खेलकुदको आयोजना गर्ने
युएई,
गैर आवासीय संघ एनआरएन युएईले खेलकुद कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी डिसेम्बरमा खुल्ला भलिवल र अन्तर संस्था फुट्बल प्रतियोगिताको आयोजना गर्न लागेको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए । उनका अनुसार डिसेम्बरलाई खेलकुद महिनाका रुपमा मनाइने छ । विभिन्न कारणले बिदेशिन बाध्य भई प्रदेशमा रहेका नेपाली खेलाडी तथा खेलकुद प्रेमीहरुलाई प्रोत्साहन गर्दै खेलकुद प्रबर्दन गर्ने उद्देश्यले खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको हो ।
खेल तालिका अनुसार कार्यक्रम डिसेम्बर १५ मा अलकुज स्थित म्युनिसिपालिती खेल मैदानमा अन्तर संस्था भलिबल प्रतियोगिता हुनेछ । यस्तै २९ डिसेम्बरका दिन अन्तर संस्था फुटबल प्रतियोगिता गरिनेछ । प्रति टिम ३०० दिराम दर्ता शुल्क तोकिएको प्रतियोगितामा सहभागीका लागि डिसेम्बर १२ तारिख सम्ममा टिम दर्ता गरि सक्नु पर्ने बताइएको छ । प्रतियोगितामा प्रथम, द्धितय र तृतीय हुने टिमलाई क्रमश ३ हजार ३सय ३३, २ हजार २सय २२ र १ हजार १सय ११ दिराम नगद, कप ,मेडल सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । खेलकुद मार्फत आपसी भातृत्वको विकास गर्ने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगितालाई सफल पार्न एनआरएन युएईले यहाँ रहेका सबै संघसस्था र नेपालीमा आग्रह गरेको छ ।