अस्पतालको शुल्क बुझाउन नसक्दा अर्धवार्षिक परिक्षा दिनबाट बञ्चित

समचार समाज

गोपिन पोखरेल /आयुष निरौला
‘मंसीर ३ गते नै अस्पतालले डिस्चार्ज दिएको थियो । तर, के गर्नु पैसा तिर्न नसकेर घर जानै पाइन हेर्नुन अस्तिदेखि स्कुलमा परिक्षा शुरु भो परिक्षा दिन पाइन आफ्नो जिउ डढेर यस्तो छ मेरो भविश्य विग््रयो दाई ।’ झापाको भद्रपु्रस्थित ओम साई अस्पतालमा हामी पुग्दा बेडमा सुतिरहेका रोदन सुन्दासले आँखाभरी आँसु पार्दै आफ्नो अवस्था यसरी सुनाए ।

डिस्चार्ज भए पनि अस्पतालको शुल्क बुझाउन नसक्दा  रोदन सुन्दास  अर्धवार्षिक परिक्षा दिनबाट बञ्चित

झापाकै बुद्धशान्ति गाँउपालिका वडा नं ४ गैरीगाँउमा डेरा गरी बस्ने वर्ष १३ का रोदनलाई निर्माणाधिन स्थानिय एक घरमा रड तान्न सघाउने क्रममा असोज २० गते अकस्मात करेन्ट लागेको थियो । करेन्ट लागि घाइते भएका रोदनको कम्बर देखि माथिको दाँया भाग पुरै जलेको छ । ‘एक जना मिस्त्री दाईले रड तान्न सघाउ भने मैले सिधै तानँ,े घटना विवरण सुनाउदै उनले भने–‘माथि तार रहेछ थाहै भएन धन्न एक जना आँटी दाईले छुटाउनु भो नत्र म बाँच्ने थिइन ।’
श्री मावि बर्नेमा कक्षा ५ मा अध्ययनरत सुन्दासको मंसिर ५ गतेदेखि अर्धवार्षिक परिक्षा सुरु हुदै थियो । ‘करेन्ट लागेर शरिर जलेका कारण हात पनि खुम्चदैन, मैले परिक्षा लेख्न पाइन’ उनले भने– ‘भाई बैनी र साथिभाईले कैले आँउछस् स्कुल भनेर सोध्छन् ।’ भावुक हुदै उनले भने गरिब हुनु पनि सारो रैछ ।
बुवा घनेन्द्र सुन्दास गिटी बालुवा लोड गर्ने काम गर्छन् । परिवारको जेठो छोराको यो हालत भो अस्पतालले डिस्चार्ज दिएको ३ दिन भो पैसा तिर्न नसकेर घर लानै सुकिएन बुवा घनेन्द्रले दुखेसो पोखे । पाँचथरको थर्पुबाट ९ महिना अघि शान्तिनगर झरेको उनको परिवार गैरीगाँउमा डेरागरी बस्दै आएको छ । ज्याला मजदुरी गर्दै आएका सुन्दासको श्रीमति २ छोरा र १ छोरी छन् । गरिबीका कारण पैसा तिर्न नसकेर अस्पतालको बेडमै छोरालाई राख्नु पर्दा दुःख लागेको बताउदै सुन्दासले सबैसँग सहयोगका लागि आग्रह गरेका छन् । छोराको उपचार भए पनि घर लान नसकेको उनको दुखेसो छ । सहयोगी गर्न चाहने महान’भावहरुले बुधबारे स्थित प्राइम बैङ्कमा रहेको खाता नम्बर ०३९००७१९ पी एसमा पनि सहयोग रकम जम्मा गरिदिन सकिने साथै मोबाइल नम्बर ९८१५०१२१५८ मा सम्पर्क राख्नसक्नु हुने बताएका छन ।
करेन्ट लागेर सख्त घाइते भएका रोदनको तत्काल उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल पुर्याइएको थियो । हप्तादिनको उपचार पछि आफु काम गर्ने साहुको सल्लाह अनुसार असोज २८ गते ओमसाई अस्पतालमा पुनः भर्ना गरेको बुवा घनेन्द्रले बताए । उनले डेढ महिना अस्पताल राख्दा उपचारमा लागेको १ लाख ३० हजार रुपैयाँ बुझाउनु पर्ने बताए । उता अस्पताल प्रशासनले गरिबीका कारण उपचार खर्च जुटाउन नसक्ने थाहा पाएपछि सकेसम्म छुट गरि औषधीको सामान्य खर्च मात्र लिने तहल्का खबरलाई बताए । हामी सकेसम्म कम गर्ने कोसिसमा छौं अस्पतालका एक कर्मचारीले भने ।
यता बबालकको सहयोगका लागि बुद्धशान्ति गाँउपालिकाका स्थानीय विद्यार्थी नेता भुपेन्द्र थेबे र खड्ग पन्धाकको पहलमा संकलित २५ हजार रुपैयाँ अस्पतालमा बुझाएको परिवारले जनाएको छ । थप रकम बुझाउन नसक्दा बालक डिस्चार्ज भएर पनि अस्पतालमै बस्न बाध्य छन् ।