वामगठवन्धनको सरकार बनेपछि मात्र विकास सम्भव हुने

झापा क्षेत्र नं. २ को १ बाट सरोज पौडेलको सहयोगमा
बिर्तामोड ७ मंशीर । वाम गठबन्धनका झापा क्षेत्र नं. २ को १ का प्रदेशसभाका उम्मेद्वार एकराज कार्कीसहितको टोटीले कनकाई नगरपालिका ९ स्थित टेकनारायण बाडी, मन्त्रीबाडी, पशुबजार लकडी बाडी लगायतका स्थानमा मतदातासँग, चुनावीसभा, घरदैलो कार्यक्रम र अन्र्तक्रिया गरेको छ ।
उम्मेद्वारसँग त्यहाँका स्थानीयवासीले पशुबजार ब्यवस्थापन, बिरिङ खोलालाई ब्यबस्थित गर्नु पर्ने लगायतका माग अघि सारेका थिए ।।
प्रदेशसभाका उम्मेद्वार कार्कीले अब समग्र विकासको निम्ति अग्रगामी शक्ति एक भएकोले सबैको समस्या समाधान गर्न कुनै कसर बाँकी नराक्ने बताएका छन् । ३० बर्ष लामो राजनीति काम र समाजको अध्ययनपछि आफू उम्मेद्बार बनेकोले अब हिजो भोगेका समस्यालाई जसरी भए पनि ब्यवस्थापन गर्ने उम्मेद्वार कार्कीले बताए ।
कार्यक्रममा कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोख्रेल माओवादी केन्द्रका अरुण श्रेष्ठ लगायत स्थानीय वामगठबन्धनका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
देशमा  भ्रष्ट्राचारले जरा गाडेको हुनाले जनताले तिरेको राजश्व र मालपोत कहाँ जान्छ भनेर त्यसलाई फ्याक्न सके मात्र विकास सम्भव हुने वामगठवन्धनको तर्फबाट झापा क्षेत्र नं. २ को प्रतिनिधिसभाको उम्मेद्वार बनेकी पवित्रा निरौला खरेलले बताएकी छन् । उनले कम्युनिष्टहरुको सरकार आएपछि मात्र त्यो सम्भव हुने बताएकी छन् ।
अर्जुनधारा नगरपालिका ९ का कटरडाँडा, मगरचोक, कालीस्थान, विहीवारे र वडा १० को कालीझोडा सहितका विभिन्न टोलमा घरदैलो र चुनावीसभामा बोल्दै उनले वामगठवन्धनका उम्मेद्वारलाई जिताए मात्र समाजबाट भ्रष्ट्राचार मुक्त हुने बताएकी छन् ।
चुनावीसभालाई झापा क्षेत्र नं. २ को २ का प्रदेशसभा उम्मेद्वार विर्ख प्रधान, समानुपातिक उम्मेद्वार रोशन कन्दङ्वा लगायतले सम्वोधन गरेका थिए । घरदैलो तथा चुनावीसभामा कमला थापामगर, अर्जुनधारा नगरपालिका मेयर हरिकुमार राना, वडा नं. १० का वडा अध्यक्ष वलदेवसिंह गोम्देन, ६ का वडा अध्यक्ष लोकनाथ गौतम, माओवादी केन्द्रका भूपेन्द्र न्यौपाने, दिपेन लम्साल, एमालेका प्रेमसागर सापकोटासहित वामगठवन्धनका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

झापा क्षेत्र नं. ३

झापा क्षेत्र नं. ३ को भद्रपुर नगरपालिका वडा नं. ७ को स्यालमारा, दाँतेटोल, अन्जनीमोड, काफ्लेटोल, लेखनाथचोक, गार्मेन्टचोक, दुःखीटोल, पोख्तवारी लगायतका क्षेत्रमा चुनावीसभा, घरदैलो र बृद्धबृटाबाट आशिरर्वाद लिने कार्यक्रम भएका छन् ।
चुनावीसभालाई वामगठवन्धनका तर्फबाट झापा क्षेत्र नं. ३ को प्रतिनिधिसभाका उम्मेद्वार वनेका राजेन्द्र लिङ्देन, प्रदेशसभाका उम्मेद्वार पूर्णसिंह राजवंशी, झापा क्षेत्र नं. ३ का प्रचारप्रसार समितिका संयोजक पुष्पराज पोखरेल, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ लगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा वामगठवन्धनका स्थानीय नेता तथा कार्यकर्ताको समेत उपस्थिति रहेको थियो ।