दुई मोटरसाइकल ठोक्किदा ३ जना घाइते

झापाको शिवसताक्षीमा दुई मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन् । झापाको शिवसताक्षी नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गमा शुक्रबार दिउसो भएको सडक दुर्घटनामा परि ३ जना गम्भीर घाइते भएका छन् ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २७ प ३७३६ नं को मोटरसाइकल र विपरित दिशाबाट आएको मे ६ प १०७३ नं को मोटरसाइकल एक आपसमा ठोक्किँदा सुनसरीका २४ वषर्र््िाय विनित अचार्जु साथै शिवसताक्षी वडा नं ४ का २० वर्षिय रोशन श्रेष्ठ र सोही ठाँउ बस्ने वर्ष ६४ का धनबहादुर श्रेष्ठ गम्भिर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । घाइते तीनै जनाको विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।