नीजि भन्दा कम छैनन् सरकारी स्कुल

शिक्षा समाचार

गोपिन पोख्रेल /बिर्तामोड – आफ्ना छोरा छोरीलाई निजी विद्यालयमा पढाए मात्रै अग्रजी सुन्ध्रिन्छ नभए काम दिदैन भन्ने मान्यताका कारण केही बर्षदेखि सरकारी विद्यालयमा विद्यार्थीको चाप घट्दै गएको छ । सरकारी विद्यालयले समयानुकुल नीजि विद्यालयसँग प्रतिस्पर्दा गर्न नसक्दा सामुदायिक विद्यालय प्रति अभिभावकको आकर्षण कम हुदै गएको हो । तर, पछिल्लो पटक नीजि विद्यालय प्रतिको आकर्षणलाई तोड्दै धेरै सरकारी विद्यालयले अंग्रेजी माध्यमबाट पठन पाठन गराउन थालेपछि नीजिसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था सृजना भएको छ । आजकल सामुदायिक विद्यालयमा पनि अग्रेजी माध्यमबाट पठनपाठन गराउने लहर नै चलेको छ । यसले सरकारी विद्यालयको स्तरोन्नतीमा मद्दत पनि गरेको छ ।

कटरडाँगी आधारभूतमा ७ वर्षदेखि अंग्रजी माध्यममा पढाई

झापाको बाह्दशी गाँउपालिका वडा नं ५ मा एउटा यस्तो विद्यालय छ जस्ले विगत ७ वर्षदेखि अगे्रजी माध्यमबाट पठन पाठन गराउदै आइरहेको छ । विर्तामोड नगरपालिका १० नं वडाको सिमानामा पर्ने बाह्दशी गाँउपालिका वडा नं ५ को कटरडाँगी आधारभूत विद्यालयमा १ देखि कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पढाई हुने गर्दछ ।

विद्यार्थीहरु नीजि विद्यालयको जस्तै टाईसुट लगाएर आँउदा विद्यालयको रौनक नै फेरिएको विद्यालयका प्रधानाध्यपक दिलबहादुर गुरुङ बताउछन् । आज भन्दा ४१ वर्ष अघि २०३३ सालमा स्थापना भएको सो विद्यालयमा ७ वर्ष अघि ७५ जना मात्र विद्यार्थी थिए । ‘जब हामीले अंग्रेजी माध्यमबाट पढाउन सुरु गर्याँै अभिभावकको विश्वास बढ्दै गयो र विद्यार्थीको चाप पनि बढ्योे’–प्रधानाध्यापक गुरुङले भने । ग्रामिण इलाका, पुरानै शिक्षक जनशक्ती त्यसमाथि आर्थिक स्रोतको अभावमा पनि विद्यालयले गुणस्तरीय शिक्षा दिइरहेको शिक्षक प्रतिनिधि टंक सापकोटा बताउछन् । अंग्रेजी माध्यमबाट पढाई हुन थालेपछि बोडिङ स्कुलकै पुस्तक किन्नु पर्ने हँुदा अभिभावकलाई थप आर्थिक भार पर्ने गरेको उनको भनाई छ । विद्यालयको अन्य स्रोत नहुँदा कर्मचारी पदपुर्ती गर्नुपर्दा थप समस्या पर्ने गरेको शिक्षक दलबहादुर बस्नेतले बताए ।
अंग्रजी माध्यमबाट पडाई हुने एक मात्र सो विद्यालयलाई गाँउपालिकाले शैक्षिक संरचना निर्माण र शैक्षिक सुधारका लागि ४ लाख रुपैँया अनुदान दिएको अध्यक्ष खड्गप्रसाद राजवंशीले जानकारी दिए । शैक्षिक सुधारका लागि बाह्दशी गाँउपालिकाले सो क्षेत्रका सम्पूर्ण विद्यालयलाई १ करोड १ लाख ९० हजार रुपैया छुट्याएको समेत अध्यक्ष राजवंशीले जानकारी दिए ।


विद्यालयले गाँउपालिका बाट प्राप्त ४ लाख लाख रुपैयाँ भवन निर्माण, कम्पाउण्ड घेराबारा गरी बाँकीे रकमले स्मार्ट एजुकेशन शिक्षा र बालउद्दान निर्माण गर्ने योजना रहेको शिक्षक टंक सापकोटाले जनाए । हाल २ सय २० जना विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयमा ८ जना शिक्षकको दरबन्दि, ३÷३ वटा नीजि र बाल शिक्षक र १ कर्मचारी छन् । अर्धवार्षिक परिक्षा चलिरहेको सो विद्यालयको शैक्षिक र भौतिक अवस्थाको बारेमा गाँउपालिका अध्यक्ष र राजगढ स्रोतकेन्द्रका स्रोतव्यक्ति छविलाल बस्नेतले संयुक्त रुपमा अनुगमन गरेका थिए ।