नेपाली काङग्रेसको प्रचार अभियान झापा क्षेत्र नं २ मा

बिर्तामोड, १० मंसीर  ।  नेपाली काङग्रेस झापाले आइतबार झापाको निर्वाचन क्षेत्र नं २ मा चुनाव प्रचार प्रसार तथा घरदैलो अभियान सञ्चालन गरेको छ ।

नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनीधिसभा सदस्य उम्मेद्वार उद्वव थापा र क्षेत्र नं २ प्रदेश क का उम्मेद्ववार लक्ष्मण खड्का सहितको टोलीले विर्तामोड नगरपालिका वडा नम्बर–७ मा घर दैलो, अन्तरक्रिया, सभा तथा भेटघाट गरेको छ ।

चुनाव प्रचारकै क्रममा प्रतिनिधिसभा सदस्य उम्मेद्वार थापाले यो क्षेत्रमा विकास गर्ने एजेण्डा आफुसंग मात्र भएको भन्दै भोट दिएर जिताउन मतदातालाई आग्रह गरे । त्यस्तै अर्का प्रदेशसभा उम्मेद्ववार खड्काले भ्रष्ट प्रवृतिका व्यक्ति र केन्द्रिकृत व्यवस्थाका कारण विकास हुन नसकेको बताउदै देश संघिय संरचनामा गईसकेकोले काङग्रेसले जिते मात्र विकास सम्भव हुनेमा जोड दिए । सो अवसरमा नेपाल महिला संघकी पूर्व केन्द्रीय सभापति डिला संग्रौला लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

त्यसैगरी क्षेत्र नम्बर–२ प्रदेश ख का उम्मेद्वार खड्ग प्रसाईसहितको टोलीले अर्जुनधारा–१ मा पनि घरदैलो कार्यक्रम गरेको छ ।