उम्मे्द्वारलाई जिताउन नेविसंघको ईकाइ समिति गठन

निर्बाचन २०७४

बिर्तामोड,१० मंसीर । नेपाली काङग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सङ्घले आसन्न प्रतिनीधिसभा र प्रद्ेशसभा निर्वाचनमा आफ्ना उम्म्द्वारलाई जिताउन आइतबार झापाको चन्द्रगढी स्थित विरेन्द्र नमुना क्याम्पसमा ईकाइ समिति गठन गरेको छ ।

क्याम्पस नेवि संघ इकाई कमिटीको आयोजनामा विरेन्द्र नमुना क्याम्पस उच्च मावि कक्षा –११ र १२ को इकाई कमिटी गठन गरेको नेविसंघ झापा जिल्ला कमिटी सह–सचिव भूपेन्द्र थेबेले जानकारी दिए । कमिटीको मुख्य उद्देश्य नेपाली काङग्रेसको तर्फबाट झापामा प्रतिनीधि सभा र प्रदेशसभामा उठेका उम्मेद्ववारहरुलाई जिताउनु रहेको बताइएको छ ।

नेविसंघका केन्द्रिय सदस्य खड्ग पन्धाक लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विरेन्द्र नमुना क्याम्पस इकाई कमिटी सचिव बिपिन रिजाल, सहसचिव देवेन्द्र कठायत , अनु थापा , नेपाली काङग्रेस क्षेत्रीय प्रतिनीधि निर्मला थपलिया लगायतले गठित कमिटीलाई सफलताको शुभकामना दिएका थिए ।
प्रमुख अतिथि तथा नेविसंघका केन्द्रय सदस्य खड्ग पन्धाक लिम्बुले अबको शिक्षा प्रविधीमैत्री भएको भन्दै सामुदायिक बिद्यालयमा डिजीटल पद्धतिबाट शिक्षण सिकाई हुनुपर्ने बताए ।

अनुप अधिकारीको सभापतित्वमा गठित कमिटीमा उपसभापति विपना रिजाल र निकित पराजुली, सचिव संगिता तामाङ्ग र प्रकाश भण्डारी, सह सचिवमा खुशि राई र कोषाध्यक्षमा रबिना खरेल रहेका छन ।

कार्यक्रममा राप्रपाको विद्यार्थी संघको इकाई सभापति समेत रहेका प्रकाश भण्डारी परित्याग गरि नेविसंघको सचीवमा बसेका छन ।