व्यवहारिक शिक्षाको बाधक शिर्षदल – पंधाक

निर्बाचन २०७४ समचार स्थानीय

मेचीनगर । व्यवहारिक शिक्षाको बाधक शिर्षदलहरु नै भएको संघिय लिम्बुवान मञ्च नेपाल झापा क्षेत्र नम्बर नम्बर १ का प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका उम्मेद्वार धनबहादुर पंधाकले बताएका छन् ।

व्यवहारिक शिक्षा आजको आवश्यकता भएको भन्दै व्यवहारिक शिक्षा नभएकै कारण नेपालमा डीग्री गरेका युवा पुस्ता पनि विदेशिने बाध्यता रहेको उनले बताए । मंगलबार क्षेत्र नम्बर १ को मेचीनगर १५ ज्यामिरगडी र बुद्धशान्ति ४ को मङ्गलबारेमा आयोजित आमसभालाई सम्बोधन गर्दै पंधाकले यस्को जिम्मेवार देश विकासको नाममा लोकतान्त्रिक र बामगठबन्धन गरेका शिर्ष दलहरु नै भएकोे दावी गरे ।

नेपाललाई कृषि विद्युत लगायतका क्षेत्रबाट समृद्ध बनाउन प्रचुर सम्भावना भएपनि यहाको शिक्षाले सहीमार्ग देखाउन नसकेको उनले ठोकुवा गरे । गरिबलाई उकास्ने योजना ल्याएको भन्दै झुक््यायर चेतना फैलाउने क्रममा फोहोरी राजनिति गरेकै कारण जनतालाई जहिल्यै मागी खाने भाडो बनाएको आरोप समेत लगाए ।

त्यस्तै क्षेत्र नं १ प्रदेशसभा क का उम्मेद्वार मानबहादुर माबो लिम्बूले जबसम्म पहिचान र सह अस्तित्वलाई संविधानमा लिपीबद्ध गरिदैन तबसम्म विकास सम्भव नहुने धारणा बताए । आश्वासन मात्रै बाढ्ने एकात्मक राज्यसत्ताले गरिबलाई चुसेको चुसेइ गर्ने बताउदै माबोले यसअघि जिताएर पठाएका दलहरुले के परिवर्तन गरे भन्दै प्रतिप्रश्न गरे । लिम्बुवान पार्टी हाल देशका ५६ जिल्लामा चुनाव लडिरहेको बताउदै उम्मेद्वार लिम्बुले पार्टी सानो भएपनि विचारका कारण जित सुनिश्चित भएको दावी गरे । आमसभामा मिलन बेगा, आशिष थिङ लाबु, थिरप्रसाद खबास लगायतले उम्मेद्वारलाई शुभकामना दिएका थिए ।