दुग्ध डेरीमा आगजनी हुदा १ करोड बढीको दुग्ध सामान जलेर नष्ट २० क्युन्टल बढी घिउ र ७० मन बढी छुर्पी जल्यो

आर्थिक समाचार व्यापार व्यवसाय समचार

इलामको सुर्योदय नगरपालिका हर्कटे स्थित दुग्ध उद्योगमा आगजनी हुदा एक करोड बढीको भौतिक सामान जलेर नष्ट भएको छ । बितामोडका अर्जुन सिवाकोटी र हर्कटेका खगेन्द्र सिवाकोटीको सयुक्त लगानीमा सन्चालित सो उद्योगमा बिहान ५ बजे आगलागी भएको थियो ।
बिद्युत लाइन सर्ट हुदा आगजनि भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । आगजनीमा मानविय क्ष्याति नभएपनि २० क्युन्टल बढी घिउ र ७० मन बढी छुर्पी जलेर नष्ट भएको सञ्चालकहरुले बताएका छन ।
हर्कटेका स्थानियबासी, प्रहरी र सुर्यदय गरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । उद्योगले दैनिक रूपमा दुग्ध जन्य बस्तु उत्पादन गर्दै स्थानीय किसानलाई टेवा पुर्याउदै आएको थियो ।