भएन मतदाता शिक्षा प्रभावकारी

अच्युत सुवेदी

बिर्तामोड ÷ मतदाता शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार झापाको बिर्तामोड्मा सम्पन्न भएको छ ।

जिल्ला निर्बाचन कार्यालय झापाका निर्बाचन अधिकारी गोपाल आचार्य , बिभिन्न सञ्चार माध्यमका प्रतिनिधि, सङ्घ सस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रममा मतदान गर्दा हुने त्रुटीका बिषयमा समेत छलफल भएको थियो ।

हाम्राकुरा डट कम अनलाइनका सम्पादक अजयबाबु शिवाकोटीले जान्ने बुझ्ने भनिने नेता तथा कर्मचारीले समेत मतदान गर्दा मत बिगार्ने गरेको बताए । उनले मतदानको क्रममा स्वस्तिक छाप लगाउँदा, मत पत्र पट्याउँदा, बाकसमा खसाल्दा बिचार पुर्याउनु पर्ने बताए ।

कार्यक्रममा निर्बाचन अधिकारी आचार्यले मतदाता शिक्षामा आयोगले कुनै कसर बाँकी नराखेको बताउनुभयो । उहाले मतदानका क्रममा त्यहा खटिने कर्मचारिले कुनै झुक्किने ठाउँ नराख्ने गरि काम गर्ने जानकारी दिए ।

अन्तर्रक्रियामा राजनीतिक दलका प्रतिनिधिले मतदाता शिक्षामा आफुहरु पनि लाग्ने प्रतिबद्दता जनाएका छन । हाम्राकुरा डट कमले आयोजना गरेको कार्यक्रममा सहभागिहरुले मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो गरेका थिए ।