झापामा वामगठवन्धनका उम्मेद्वारद्धारा चुनावी प्रचारप्रसारमा तिव्र

निर्बाचन २०७४ स्थानीय

बिर्तामोड । निर्वाचन नजिकिदै जाँदा झापामा वामगठवन्धनका उम्मेद्वारले चुनावी प्रचारप्रसारलाई अझ तिव्र बताएका छन् । उम्मेद्वारले झापाका प्रत्येक क्षेत्रमा घरदैलो, मतदाता भेटघाट, अन्र्तक्रिया जस्ता कार्यक्रमलाई आ–आफ्ना क्षेत्रमा तिव्र पारेका छन् । त्यसै अनुरुप जिल्लामा बुधवार पनि घरदैलो,मतदाता भेटघाट अन्र्तक्रिया, चुनावीसभा जस्ता चुनाव प्रचारप्रसारका कार्यक्रम सञ्चालन भएका छन् ।

झापा क्षेत्र नं. २ को २ अर्जुनधारा

झापा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य पदकी उम्मेद्वार पवित्रा निरौला खरेल र प्रदेशसभा २ का सदस्य पदका उम्मेद्वार विर्ख प्रधानसहितको टोलीले अर्जुनधारा ७ को दुर्गामन्दीर आसपासका क्षेत्र र अर्जुनधारा–१ को वगरटोल, सहिदगेट, शान्तिचोक लगायतका स्थानमा घरदैलो र मतदाता भेटघाट कार्यक्रम गरेको छ । उम्मेद्वारहरुलाई मतदाताले आफ्ना टोल र गाउँका समस्याका बिषयमा जानकारी गएका थिए । मतदाता भेटघाटका क्रममा उम्मेद्वारले आफुले जितेर गए ती समस्याका वारेमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । घरदैलो अभियानमा एमालेका नगर अध्यक्ष प्रेमसागर सापकोटा, माओवादी केन्द्रका लीला आचार्य, राप्रपाका खेम चापागाईसहित स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

झापा क्षेत्र नं. २ को १ बिर्तामोड

झापा क्षेत्र नं. २ को १ का प्रदेशसभा सदस्य पदका उम्मेद्वार एकराज कार्कीको टोलीले बुधवार बिर्तामोड–२ को त्रीशुली चौकबाट घरदैलो तथा मतदाता अभियान शुरु गरेका छन् । सोही क्रममा भएको चुनावी सभालाई सम्वोधन गर्दै उम्मेद्वार कार्कीले आसन र भासणले मुलुक नबन्ने भएकाले लामो समय देखि जनताको अभिमत ले आफुले काम गरेको तर जनताको ठोस परिणाम आउने काम गर्न राज्यको नितिले नदिएकोले अबको निर्वाचनबाट निर्बाचित गराउन सवैसँग आग्रह गरेका छन् ।

उनले विकास भनेको जादुको छडी नभएकोले स्थानीय सरकारसँगको समन्वयमा बाटो खानेपानी र बिजुलीका काम गरिने बताए । सोही क्रममा मतदाताहरुले उद्योगबाट निस्कने धुलो र धुँवाबाट स्थानीयबासीको स्वास्थमा असर परेको भन्दै गुनासो ब्यक्त गरेका थिए । कार्कीले उद्योगलाई ब्यवस्थापन गर्दै सबैको स्वास्थ शिक्षा रोजगारीको ब्यवस्थापन गरिने उद्घोष गरे । अभियानमा २ नम्बर वडा अध्यक्ष नगेन्द्र सङ्रौला सुरेन राजंबशीसहित स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

त्यसैगरी उम्मेद्वार कार्कीले बिर्तामोड–४ स्थित नबोदय बौद्ध गुम्बा, प्रगती टोलमा घरदैलो, मतदाता भेटघाट र चुनावीसभा कार्याक्रम भएको छ । त्यहाँका मतदाताले बस्ती बढे पनि बाटो र खानेपानी को समस्या जस्ताको तेस्तै रहेको ले बिचार गर्न आग्रह गर्दै बिजुली, खानेपानी र ढलनिकासको समस्या समाधान गरिदिन आग्रह गरेका थिए । सोही क्रममा उम्मेद्बार कार्कीले स्थानीय सरकारले बनाएका योजनामा अरु श्रोत को खोजी गरि जनताको काममा हरबखत लाग्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संम्योजक सोमनाथ पोर्तेल वडा न ४ का वडा सदस्य राहुल शर्मा छबिलाल बिस्वकर्मा, सुरेन राजबंशी लगायतको स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । अपाङगता भएका ब्यत्तिहरुले उनीहरुका लागि एक निर्वाचनक्षेत्रमा एउटा पुस्तकालय तालीम केन्द्र र अन्य सामाग्री को ब्यस्थापन गर्न माग गर्दै बिर्तामोडमा अपाङ्गता स्वावलम्बन संस्थाको तेस्रो स्थापना दिवसको पनि माग गरेका थिए । उम्मेद्बार कार्की ती मागको सम्वोधन गर्दै अपाङ्गता भएका ब्यक्तिहरुलाई फरक क्षमताका भएकाले उनिहरुको मनोभावनालाई सम्मन गर्दै आत्मनिर्णयको अधिकारलाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनले आफुले अपाङ्ग मैत्री बाताबरण निर्माण गर्दै समान सहभागीको लागि काम गर्ने बताए । यो भन्दा अघाडी राजनीतिका लागि मत मागांै अब समृद्धि र बिकासको लागि मत मागेको कार्कीले बताए ।

झापा क्षेत्र नं. ३

झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका गठवन्धनका साझा उम्मेद्वार राजेन्द्र लिङ्देनले जनताको काम र विकास गर्ने मान्छेले भोट पाउने हो भने नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेद्वार कृष्ण सिटौलाले पनि आफु मत दिनु पर्ने बताएका छन् । उनले जनप्रतिनिधिले चायो भने कति काम गर्न सक्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । लिङ्देनले जनताले नपत्याएको काम गरेर देखाएको उदाहण समेत प्रस्तुत गरे ।

विकास र समृद्धिको स्थायित्वका लागि गठवन्धनको जीत आवश्यक रहेको लिङ्देनको भनाई थियो । कचनकवल गाउँपालिकाको वनियानी, दल्की, लन्तीवारी लगायतका स्थानमा आयोजित चुनावीसभामा उम्मेद्वार लिङ्देनले सो कु्रा बताएका हुन् । कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेद्वार वसन्त वानिया, अनजार आलम, नीमसरी राजवंशीसहित स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो सहभागिता थियो । त्यसैगरी साझा वामगठवन्धनका प्रदेशसभा सदस्यपदका उम्मेद्वार पूर्णसिंह राजवंशीले पनि झापा क्षेत्र नं. ३ को २ का विभिन्न स्थानमा घरदैलो, कोणसभा र मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको वाक्लो सहभागिता थियो ।