पाँच सय ३० जना एमालेमा प्रवेश

निर्बाचन २०७४ स्थानीय

निर्वाचन नजिकिदै जाँदा झापाको क्षेत्र नं २ बाट विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लहर वढेको छ ।

राजपाकाका केन्द्रीय सदस्यसहित नेकपा माले, नेपाली काग्रेस, नेपाल लोकतान्त्रिक फोरम पार्टी र तिनका भातृ संगठनका जिम्मेवार कार्यकर्ताले आफ्नो पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा राजपाका केन्द्रीय सदस्य द्रौपदिकुमारी गणेश, विनोदकुमार गणेश, दिपेश गणेश, नेपाली काङग्रेसका अर्जुनधारा नगरपालिकाका वडा अध्यक्षका उम्मेरद्वार रमेश काफ्ले, क्रियाशिल सदस्य रत्ना वस्नेत, नेकपा मालेका बिर्तामोड नगर कमिटि सचिव पुण्य पौड्याल, बिर्तामोड नगर कमिटि सदस्य हमलादेवी तिवारी, भोजराज मैनाली, राममाया दाहाल, चन्द्र ओली, ध्रुव पाठक, प्रशान्त तिवारी, नारायण तिम्सिना,इन्दिरा पाठक लगायत छन् ।

त्यसैगरी नेपाल लोकतान्त्रिक फोरम पार्टीका उपमेयरका उम्मेद्वार प्रिस्किला अधिकारी, सदस्य सन्तोष अधिकारी, संघिय लिम्वुवान मञ्च झापा उपाध्यक्ष केशवप्रसाद मैनालीसहित पाँचसय ३० जनाले एमाले प्रवेश गरेका बिर्तामोड नगर कमिटि अध्यक्ष ज्ञानु प्रसाईले बताएका छन् । उनीहरुलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए ।