जनतालाई बल्छी बाँड्दै बामगठबन्धन

निर्बाचन २०७४ स्थानीय

बिर्तामोड / झापाका वाम गठवन्धनका उम्मेद्वारसँग स्थानीयले आफ्नो गाउँ तथा टोलका समस्या राख्ने गरेका छन् ।

उनीहरुले चुनावी प्रचारप्रसार अभियानमा जाँदा जसले हाम्रो ठाउँको विकास गर्छ त्यसलाई भोट दिने बताएको वाम गठवन्धनका उम्मेद्वारहरुले बताएका छन् । त्यसका लागि वाम गठवन्धनका उम्मेद्वारले जितेर गए आफ्नो क्षेत्रका समस्या पहिचान गरी समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

झापा क्षेत्र नं २ का वामगठवन्धनका प्रतिनिधिसभा सदस्य पदकी उम्मेद्वार पवित्रा निरौला खरेलले जनतालाई पैसा नदिने बल्छी दिएर सक्षम बनाउने बताएकी छिन् । पैसाले एक छाक माछाको सव्जी मात्र टार्ने बताउँदै वाम गठबन्धनको सरकारले जनतालाई सीपमुलक कार्यक्रम ल्याएर आयआर्जन गर्न सक्षम बनाउने बताएकी हुन ।

उम्मरद्वार खरेलले वाम गठवन्धनको सरकारले बिभिन्न कारण नागरिकता नपाउनेलाई नागरिकता दिलाउने, महिला पुरुषको ज्याला समान बनाउने, सुकुम्वासीहरुलाई धनिपुर्जा वितरण गर्ने लगायतका आश्वसान दिएकी छिन् । उनले बिर्तामोड १ मा पनि सम्वोधन गरेकी थिइन् ।