बामगठबन्धनका उम्मेद्वार कार्कीलाई मतदाताले के के दिए…..

निर्बाचन २०७४ स्थानीय

बिर्तामोड  /   निर्वाचन आउन ४ दिन मात्र बाँकी रहँदा झापामा वामगठवन्धनका उम्मेद्वारलाई चुनावी प्रचारप्रसार अभियानमा मतदाताहरुले फुलमाला लगाएर जीतको अग्रिम शुभकामना दिएका छन् ।

वाम गठवन्धनका तर्फबाट झापा क्षेत्र नं २ को १ का प्रदेशसभाका उम्मेद्वार एकराज कार्कीलाई मतदाताले आइतवार घरदैलोको क्रममा स्वागत गर्दै फुलमाला लगाइ दिएका थिए । झापामा वामगठवन्धनका उम्मेद्वारले आइतवार पनि आ–आफ्ना क्षेत्र, नगर, वडा, टोलमा घरदैलो मातदाता भेटघाट र चुनावीसभा गरेका छन् ।

झापा क्षेत्र नं २ को १

अभियानकै क्रममा झापा क्षेत्र नं २ को १ स्थित बिर्तामोड नगरपालिका वडा नं ९ को नडिया बाडी, आदर्श चौक, टागा वारि सिर्जना चौक , दुर्गा चौक, डाडाँ गाउँ लख्खिबारी, देवकोटा चौक लगायतका क्षेत्रमा घरदैलोे, मतदाता भेटघाट र चुनावीसभा भएको छ ।

घरदैलो अभियानमा मतदाताले स्थानीय भुसिडी खोलाको पुल भत्केको लामो समय बित्ता पनि पुल बन्न नसकेकोमा उम्मेद्वारसँग गुनासो गरेका थिए । झापा क्षेत्र नं २ को १ का प्रदेशसभाका उम्मेद्वार एकराज कार्कीले आफुले चुनाव जित्ने बित्तिकै त्यसको लागि पहल गर्ने बताएका थिए ।
चुनावी प्रचारप्रसार अभियानमा माओवादी केन्द्रका अरुण श्रेष्ठ, बिर्तामोड ९ कि वडा अध्यक्ष पबित्रा पाठक, वडा सदस्य, राप्रपा एमाले सहितका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

झापा क्षेत्र नं २ को २

झापा क्षेत्र नं २ को २ मा प्रतिनिभिसभा सदस्य पदकी उम्मेद्वार पवित्रा निरौला खरेल, प्रदेशसभा सदस्य पदका उम्मेद्वार विर्ख प्रधान समानुपातिक उम्मेरद्वार सहितको टोलीले अर्जुनधारा नगरपािलकाको वडा नं ७, ८, ४ र ५ का बिभिन्न गाउँ र टोलमा घरदैलोे, मतदाता भेटघाट र चुनावीसभा गरेको छ ।

घरदैलोको क्रममा जनताहरुले आ–आफ्नो गाउँ र टोलमा भएको समस्या उम्मेद्वारलाई सुनाएका थिए । उम्मेद्वारले वामगठवन्धनलाई जिताए ती समस्या चाँडै समाधान हुने प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपाका स्थानीय नेता तथा कार्यकर्ताको समेत उपस्थिति रहेको थियो ।

झापा क्षेत्र नं ३

झापाको क्षेत्र नं ३ को भद्रपुर ७ का विभिन्न गाउँ र टोलमा घरदैलो, मतदाता भेटघाट र चुनावीसभा भएको छ । चुनावीसभालाई झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार राजेन्द्र लिङ्देनले सम्वोधन गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेद्वार, समानुपातिक उम्मेद्वार सहित स्थानीय वाम गठवन्धनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।