बिरेन्द्रको परालको जाकमा आगलागि एक विगाहा खेतको पराल खरानी

आर्थिक समाचार कृषि

दमक  /  झापाको दमक नगरपालिकामा आइतबार दिउसो परालको थुप्रोमा आगलागि भएको छ । आगलागिबाट दमक नपा – ८ का विरेन्द्र बोहराको एक बिगाहा खेतको पराल जलेर नष्ट भएको छ ।

१५ हजार रुपैया बराबरको एक विगाहा खेतको पराल पूरै जलेको श्रीमति निर्मला बोहराले बताइन् । परालको जाक छेउमा फोहोर डढाउन लगाएको आगो दिउसो ३ बजेतिर बालबालिकाले खेल्ने क्रममा सल्काईदिएको हुन सक्ने पराल धनी निर्मलाले बताइन् ।

शनिबार दिउसो मात्रै थ्रेसर लगाएकोले थन्क्याउन नपाई आगो लागेको बोहराले बताइन् । आगो लागेको थाहा पाएपछि स्थानियको सहयोगमा आधा आगो निभाइएको थियो । करिब आधा घण्टापछि दमक नगरपालिकाबाट आएको दमकलले आगो पूरै नियन्त्रणमा लिएको थियो ।