रावण आए बुलेटमा बोकेदारीको नयाँ गीतमा सन्तोष ढुङ्गेलले अभिनय गर्दै

गित संगीत मनोरञ्जन

गोपिन पोखरेल 

बिर्तामोड /  गायक श्रीकृष्ण लुइटेल बोकेदारीको हालै सार्वजनिक  रावण आए बुलेटमा गितको म्यूजिक भिडियोको सुटिङ सम्पन्न भएको छ ।

झापाको सालबारी र काठमाण्डुको गोदाबरीमा सुटिङ भएको सो म्यूजिक भिडियोमा झापा बुद्धशान्तिका ६ का सन्तोष ढुङगेलले पहिलो पटक बोकेदारीको गित मार्फत अभिनयमा डेब्यू गरेका छन् । सोझो रामको चरित्र निभाएका सन्तोष रावणले सीतालाई बुलेटमा चढाएर उढाएपछि जिल्ल पर्छन् ।

सो गितमा राम,रावण, विष्णु,सिता,लक्ष्मी र बृन्दाको भूमिकामा विभिन्न कलाकारलाई उतारिएकोे गायक बोकेदारीले तहल्का खबरलाई बताए । झापाली कलाकार सन्तोषले रामको भूमिका निर्वाह गरेका छन् । रावणको भूमिकामा निरज सिटौला, विष्णुको भूमिकामा सुरज कोइराला रहेको बोकेदारीले बताए ।

त्यस्तै, म्यूजिक भिडियोमा सीता,लक्ष्मी र बृन्दाको भूमिकामा क्रमशः संचिता ढकाल,ऋचा श्रेष्ठ र रोशनी कार्कीले अभिनय गरेका छन् । युवराज वाइवाले निर्देशन गरेको उक्त म्यूजिक भिडियो उशब दाहालले खिचेका छन् । गितमा शव्द,स्वर र संगित पूर्वेली गायक लुईटेलकै रहेको छ भने मनिषा पोखरेलले पनि उनलाई गायनमा साथ दिएकी छन् ।