झापाका १ लाख ७० हजारबढी मतदाताले किन मतदान गरेनन् यो चुनावमा...........

निर्बाचन २०७४ स्थानीय

गोपिन पोखरेल 

बिर्तामोड /  मंसीर २१ गते सम्पन्न प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा झापा जिल्लाका ४ लाख भन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार झापामा ७० दशमलव ९४ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसारे निर्वाचनमा ४ लाख १५ हजार १ सय ३ जना मतदाताले मतदान गरेका छन् । झापामा जम्मा ५ लाख ८५ हजार १ सय ६६ मतदाता संख्या रहेको छ । यो तथ्यांकलाई हेर्ने हो भने झापाका १ लाख ७० हजार ६३ जना मतदाताले विभिन्न कारणले निर्वाचनमा सहभागिता जनाएनन् । मतदानमा सहभागि मध्ये १ लाख ९२ हजार १ सय ३४ जना पुरुष छन् भने २ लाख २२ हजार ९ सय ६८ जना महिला रहेका छन् ।

झापाका ५ वटै निर्वाचन क्षेत्रमा कति प्रतिशत मत खस्यो ?
झापाको निर्वाचन क्षेत्र नं १ को कुल मतदाता संख्या १ लाख ५४ हजार ७९ मध्ये ७५ हजार ९ सय ९० जनाले मतदान गरेका गरेका छन् । त्यसमध्ये ३५ हजार ३ सय ५६ जना पुरुष छन् भने ४० हजार ६ सय ३४ महिला रहेका छन् । झापा क्षेत्र नं १ मा ७२ दशमलव ०४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै , निर्वाचन क्षेत्र नं २ को कुल मतदाता संख्या १ लाख १८ हजार १ सय ९६ मध्ये खसेको मत संख्या ८५ हजार ८ सय १६ रहेको छ । त्यसमध्ये ४० हजार १ सय ७० जना पुरुष छन् भने ४५ हजार ६ सय ४६ जना महिला रहेका छन् । प्रतिशतमा हेर्दा क्षेत्र नं २ मा ७२ दशमलव ६० प्रतिशत मत खसेको छ

नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्ण सिटौला र राप्रपाका महामन्त्रि राजेन्द्र लिङदेन एक आपसमा चुनावी मैदानमा उत्रिएकाले झापा क्षेत्र नं ३ बढि चर्चामा रह्यो । काग्रेस नेता सिटौला एक्लै चुनावी प्रतिस्पर्धामा छन् भने लिङदेनलाई बाम गठबन्धनको साथ छ । क्षेत्र नं ३ मा कुल मतदाता संख्या १ लाख १४ हजार ५ सय ८६ रहेको छ । त्यसमध्ये ८२ हजार ९ सय २४ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ति मध्ये ३८ हजार २ सय ४४ पुरुष थिए भने ४४ हजार ६ सय ८० महिला मतदाता थिए । क्षेत्र नं ३ मा ७२ दशमलव ३६ प्रतिशत मत खसेको थियो ।

त्यसै गरी झापा क्षेत्र नं ४ मा १ लाख ९ हजार ३ सय ९१ मतदाता संख्या रहेको छ । जस मध्ये ७७ हजार ३ सय २५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ३५ हजार ८ सय ३४ पुरुष मतदाताले मतदान गरेको ४ नं क्षेत्रमा ४१ हजार ४ सय ९० महिला मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए । क्षेत्र नं ४ मा ७० दशमलव ६९ प्रतिशत मत खसेको थियो । क्षेत्र नं ४ बाट १ जना तेस्रो लिङ्गीले समेत मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसै गरी नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रि केपी ओलीको क्षेत्र झापाको क्षेत्र नं ५ पनि चर्चाको शिखरमै रह्यो यसपटक । यो क्षेत्रमा कुल १ लाख ३७ हजार ५ सय १४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । तर, औशतमा अन्य क्षेत्रको तुलनामा यो क्षेत्रमा ६७ दशमलव ६६ प्रतिशत मात्र मत खसेको छ । जम्मा ९३ हजार ४८ मत खसेको यो क्षेत्रमा ४२ हजार ५ सय ३० पुरुषको संख्या थियो भने ५० हजार ५ सय १८ जना महिला मतदाताले मताधिकार प्रयोग गरेका थिए ।