कार्की र लिङदेन अघि अघि, शर्मा र सिटौला पछि पछि

गोपिन पोखरेल
विर्तामोड / झापाका ५ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ र ३ बढी चर्चामा रहेका छन् । नेपाली काग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र नेकपा माओबादी केन्द्रका नेता राम कार्की बीचको चुनावी टक्करका कारण क्षेत्र नं १ चर्चामा छ । काग्रेसका नेता शर्मा एक्लै चुनावी प्रतिष्पर्धामा छन् भने सुरेन्द्र कार्कीलाई बाम गठबन्धनको साथ छ ।

त्यस्तै नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व गृहमन्त्रि कृष्ण प्रसाद सिटौला र राप्रपाका महामन्त्रि राजेन्द्र लिङदेन चुनावी प्रतिष्पर्धामा रहेकाले झापाको क्षेत्र नं ३ पनि चर्चामा छ । यहाँ पनि काग्रेस उम्मेद्वार सिटौला एकल प्रतिस्पर्धामा छन् भने राप्रपाका उम्मेद्वार लिङ्देनलाई बाम गठबन्धनको साथ छ । शुक्रबार दिउसोबाट सुरु भएको झापाको मत गणनाले दुबै क्षेत्रका नेता मध्ये कस्ले बाजी मार्ला भन्ने थप कौतुहल्ता थपेको छ ।

झापा क्षेत्र नं १ मा सुरुदेखि नै बाम गठबन्धनका उम्मेद्वार राम कार्कीले लिड गरिरहेका छन् । ६ हजार ८ सय ९१ मतकासाथ आफ्नो अग्रता कायम नै राखेका छन् । भने विश्वप्रकाश शर्माले ६ हजार ४ सय ७३ मतका साथ कार्कीलाई पछ्याई रहेका छन् ।

त्यस्तै क्षेत्र नं ३ मा १० हजार ३२ मत गणना गरी सक्दा बाम गठबन्धनका उम्मेद्वार राजेन्द्र लिङदेन ५ हजार १ सय २२ मतका साथ अग्रता कायम गरिरहेका छन् भने कृष्ण सिटिौलाले ४ हजार ५६ मतका साथ लिङदेनसँगको मतान्तर घटाउने कोशिसमा छन् । यहाँ सुरुदेखि नै लिङदेनले आफ्नो अग्रतालाई मायम राखिरहेका छन् ।