इलाममा झलनाथ र सुभाषचन्द्र सुरुदेखि नै अगाडी नेम्वाङको २८ सय बढीको अग्रता

इलाम  /  पूर्व प्रधानमन्त्री एवम् एमालेका नेता झलनाथ खनाल र पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ दुबै नेता चुनावी मैदानमा रहेको इलामको दुई क्षेत्रमा रोचक प्रतिष्पर्धा चलिरहेको छ । इलाममा प्रतिनीधि सभाका लागि २ वटा क्षेत्र रहेका छन् भने प्रदेश सभाको ४ वटा क्षेत्र छन् ।

क्षेत्र नं १ मा नेकपा एमालेका झलनाथ खनालले ९ हजार ९ सय ६९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका भुपेन्द्र कट्टेलले ५ हजार ७ सय ५९ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं २ मा बाम गठबन्धनका सुभाषचन्द्र नेम्वाङले ९ हजार ८ सय ४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका केशव थापाले ६ हजार ९ सय ७३ मत प्राप्त गरेका छन् । उनीहरु बिचको मतान्तर २ हजार ८ सय ७० रहेको छ ।

क्षेत्र नं १ को मतगणना राति ४ः३० बजेदेखि आराम गर्ने भन्दै विहान ७ः३० बजे सम्मका लागि स्थगित गरिएको थियो । इलाममा मतगणनाको सुरुदेखि नै बामगठबन्धनका दुबै उम्मेद्वारले काग्रेसका उम्मेद्वारलाई पछि पार्दै आइरहेका छन् ।