ताप्लेजुुङमा बामगठबन्धनको बर्चस्व एमालेका योगेश भट्टराई १२ हजार ५ सय ९१ मत अन्तरले विजयी

निर्बाचन २०७४ राष्ट्रिय स्थानीय

गेपिन पोखरेल
,ताप्लेजुङ / नेकपा एमालेका सचिव योगेश भट्टराई प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट २९ हजार ४ सय ७९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८ सय ८८ मत प्राप्त गरे । भट्टराईले १२ हजार ५ सय ९१ मत अन्तरले दाहाललाई हराएका हुन । ताप्लेजङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा बामगठबन्धनका उम्मेद्वारले विजय प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा क मा नेकपा एमालेका जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ बिजयी भएका छन् । उनले १५ हजार ४ सय १७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जिल्ला सभापति लीलादेवि बोखिमले १० हजार ९ सय ७४ मत प्राप्त गरेकी थिइन् । साम्सोहाङले बोखिमको भन्दा ४ हजार ४ सय ४३ मत बढी प्राप्त गरेका थिए ।

ताप्लेजङकै प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य टंक आङबुहाङ १२ हजार १ सय ९८ मत प्राप्त गरी बिजयी भएका छन् । प्रदेशसभा ‘ख’ मा आङबुहाङ सहित ८ जनाले प्रतिस्पर्धा गरेका थिए । आङबुहाङका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका दीपेन्द्रकुमार सेन्दाङले ७ हजार ५ सय ८६ मत प्राप्त गरेका थिए । सेन्दाङलाई ४ हजार ६ सय ११ मतले पछि पार्दै आङबुहाङ बिजयी भएका हुन् । त्यहाँ २२ हजार ७ सय २७ मत खसेको थियो ।