को हुन ? योगेश भट्टराई …..

निर्बाचन २०७४ स्थानीय

ताप्लेजुङ / नेकपा एमालेका युवा तथा चर्चित नेता योगेश भट्टराई विक्रम संवत २०२३ साल भदौ २१ गते बुबा भीमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराईको कोखबाट ताप्लेजुङको साँघुमा जन्मेका हुन ।

विद्यालय जाने बेलामा झापा विद्रोह चलिरहेकोले सोही समयदेखि उनमा बामपन्थी राजनीतिप्रति झुकाव बढ्दै गयो । पारिवारिक पृष्ठभूमी पनि बामपन्थी नै भएकाले उनलाई त्यतातर्फ लाग्न प्रेरित गर्यो । मानवशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका भट्टराईले २०३७ सालमा अनेरास्ववियूको राजनीति थालेका थिए ।

२०५१ सालमा अनेरास्ववियूको अध्यक्ष समेत भएका भट्टराई बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर काम गरेका थिए । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा पटक पटक भाग लिएका उनले पछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी सम्म सम्हालेका थिए ।

भट्टराई यसअघि ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालमा काठमाण्डौं क्षेत्र नंबर ५ बाट दोस्रो पटक चुनावमा उठे पनि पराजित भएका थिए ।

अहिले उनी नेकपा एमालकोे प्रचारविभाग प्रमुख तथा केन्दिय सचिव छन् । यसअघि दुई पटक पराजित भएपनि यसपटक भने प्रतिनिधिसभा निर्वाचनमा भट्टराई ताप्लेजुङबाट २९ हजार ४ सय ७९ मत प्राप्त गरी विजयी भएका छन् ।