पाँचथरका बसन्त नेम्वाङको ह्याट्रीक कांग्रेसका भिष्मराज भारी मतले पराजित

पाँचथर /  पाँचथर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ ३८ हजार ६ सय ४२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीष्मराज आङ्देम्बेलाई १० हजार ६ सय १६ मतान्तरले हराउदै उनी विजयी भएका हुन ।

कांग्रेसका आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरेका थिए । दुवै उम्मेदवारको यो चौथो पटकको चुनावी प्रतिस्पर्धा हो । नेम्वाङले यसअघि पनि दुई पटक प्रतिनिधिसभामा पाँचथरबाट प्रतिनिधित्व गरिसकेका छन ।

२०४८ र २०५६ सालमा भएको आम निर्वाचनमा उनले जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार दीपकप्रकाश बाँस्कोटालाई पराजित गरेका थिए ।