झापा अपडेट ः एमाले अध्यक्ष ओलीको जित निश्चित साढे १३ हजार मतले अगाडी

निर्बाचन २०७४ राष्ट्रिय समाचार स्थानीय

विर्तामोड /  २४ हजार ४ सय ६८ मतका साथ झापा क्षेत्र नं ५ मा पूर्व प्रधानमन्त्रि एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अग्रता रहेको छ ।

बामगठबन्धनका उम्मेद्वार समेत रहेका ओलीलाई नेपाली काग्रेसका उम्मेद्वार डा. खगेन्द्र अधिकारी १० हजार ९ सय ९३ मतका साथ पच्छ्याई रहेका छन् ।
उनी १३ हजार ४ सय ७७ मतले ओली भन्दा पछाडी छन् । गणना भएको ४० हजार २ सय ६९ मत मध्ये १ हजार ८ सय ७७ मत बदर भएको छ ।