झापा अपडेट ः झापा क्षेत्र नं ३ को यस्तो आयो परिणाम सिटौला मैदानबाट बाहिरिने खतरा

निर्बाचन २०७४ समाचार स्थानीय

विर्तामोड /  झापा क्षेत्र नं ३ को पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनका साझा उम्मेद्वार राजेन्द्र लिङदेनले २७ हजार ४ सय ६७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पूर्व गृहमन्त्रि कृष्णप्रसाद सिटौला १८ हजार ९ सय ३६ मतका साथ पच्छ्याइरहेका छन् । सिटौला लिङदेन भन्दा ८ हजार ५ सय ३१ मतले पछि छन् ।

त्यसैगरी प्रदेश क तर्फ बामगठबन्धनका बसन्त बानियाँ ११ हजार ४ सय २३ मतका साथ लिड गरिरहेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भूमि राजवंशीले ८ हजार ८ सय ५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, प्रदेश ख तर्फ गठबन्धनका पूर्णसिंह राजवंशीले अग्रता कायम गरी रहेका छन् । उनले १२ हजार ५ सय २ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली काग्रेसका भगिरथ पोद्धारले ८ हजार ८ सय ९० मत मात्र प्राप्त गरेका छन् ।