झापाका क्षेत्र नं २ र ४ मा पनि बामगठबन्धनको अग्रता कायमै

निर्बाचन २०७४ समाचार स्थानीय

विर्तामोड /  झापाको क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य उम्मेद्वार पवित्रा निरौला खरेलले २४ हजार ६ सय ६१ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका उद्धव थापाले १८ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै झापाकै क्षेत्र नं ४ का बामगठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एलपी साँवाले ३५ हजार ९ सय ६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका देउमान थेबेले २२ हजार १ सय ९५ मत प्राप्त गरेका छन् ।