गोपिन पोखरेल
विर्तामोड / झापाको क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा बामगठबन्धनका उम्मेद्वार लालप्रसाद साँवा लिम्बु विजयी भएका छन् । साँवाले ४३ हजार ५ सय १५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका देउमान थेबेले २६ हजार ८ सय २२ मत प्राप्त गरे ।
त्यसैगरी प्रदेश सभा क मा बामगठबन्धनका माओवादीका उम्मेद्वार झलकसिंह दर्लामी विजयी भएका छन् । उनले १७ हजार २५६ मत प्राप्त गरी विजयी भएका हुन् ।उनका निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका किरण भट्टराईले १२ हजार ४ सय ८१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी प्रदेश सभा ख मा पनि बामगठबन्धन तर्फ एमालेका हिराकुमार थापा विजयी भएका छन् । उनले २४ हजार ९१ मत प्राप्त गरेका छन् ।। उनका निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उत्तमकुमार सुवेदीले १४हजार ९ सय ६५ मत प्राप्त गरे ।क्षेत्र नं. ४ मा १ लाख ९ हजार ३सय ९१ मतदाता मध्ये ७७ हजार ३ सय २५ मत खसेको थियो ।
यसैबिच उम्मेद्वार साँवाले प्रतिनिधि सभा सदस्यमा झापा क्षेत्र नं ४ निर्वाचित भएपछि फेसबुकमा स्टाटसपोस्ट गर्दै सम्पूर्ण सहयोगी मतदाता लाई धन्यबाद दिएका छन् ।
साँवाले फेसबुक मार्फत भनेका छन् – ‘प्रतिनिधिसभा सदस्यमा झापा ४ बाट मलाई अपार माया, सदभाव, सहयोगको साथ भारी मतले बिजय गराउनको लागि अहोरात्र लाग्नु हुने निर्बाचन समन्वय समिति, गठबंधनमा रहनु हुने सम्पूर्ण नेतृत्व र सम्पूर्ण सहयोगी मतदाता हरुप्रति हार्दिक धन्यबाद ब्यक्त गर्दछु । सधै पूरा सहयोग को अपेक्षा राखदछू ।’ धन्यबाद ।