इलाम क्षेत्र नं १ बाट झलनाथ खनाल भारी मतले विजयी

निर्बाचन २०७४ राष्ट्रिय समाचार स्थानीय

इलाम /  इलाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८ सय ७ का साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलको १९ हजार ६ सय ३७ मत प्राप्त गरे ।

यसै गरी प्रदेशसभा १ को २ मा काजीमान कागते बिजयी भएका छन् । इलाम क्षेत्र नं १ को २ मा बाम गठबन्धकै काजीमान कागतेले १७ हजार ९ सय ८६ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका प्रतिद्वन्दी कांग्रेसका दुर्गा बरालले १० हजार २१ मत प्राप्त गरेका छन् ।