इलाम क्षेत्र नं २ बाट सुवासचन्द्र नेम्वाङ विजयी

निर्बाचन २०७४ राष्ट्रिय समाचार स्थानीय

इलाम /  इलाम क्षेत्र नं २ बाट बामगठबन्धनका साझा उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका छन् । नेम्वाङले ३६ हजार ५ सय १४ मत प्राप्त गरे । उनी प्रतिस्पर्धी भन्दा ९ हजार ६ सय ५४ मतान्तरले बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत प्राप्त गरेका छन ।

पूर्व प्रधानमन्त्री एवम् एमालेका नेता झलनाथ खनाल र पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ दुबै नेता चुनावी मैदानमा रहेको इलामको दुई क्षेत्रमा सुरुदेखि नै रोचक प्रतिष्पर्धा चलिरहेको थियो । इलाममा प्रतिनीधि सभाका लागि २ वटा क्षेत्र रहेका छन् भने प्रदेश सभाको ४ वटा क्षेत्र छन् ।