झापा क्षेत्र नं २ मा पनि बामगठबन्धनकै अग्रता यथावत

बिर्तामोड  / झापाको क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य उम्मेद्वार पवित्रा निरौला खरेलले ३६ हजार २ सय २६ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका उद्धव थापा २६ हजार २ सय २९ मतले पछि परेका छन् ।

त्यस्तै क्षेत्र नं २ को प्रदेशसभा क बाट बामगठबन्धनका उम्मेद्वार एकराज कार्कीले २० हजार ४ सय ७० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका लक्ष्मण खड्काले ११ हजार ८ सय ११ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ख का गठबन्धनका उम्मेद्वार विर्ख प्रधानले १४ हजार ४ सय ४२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका उम्मेद्वार खड्ग प्रसाईले ११ हजार ४ सय २४ मत प्राप्त गरि पच्छ्याई रहेका छन् ।