बौदिक नेताबिचको भिडन्त ः नतिजा राम कार्कीको पक्षमा ,विश्वप्रकाश संसद प्रवेशबाट फेरी बञ्चित

निर्बाचन २०७४ राजनीति राष्ट्रिय समाचार स्थानीय

गोपिन पोखरेल

बिर्तामोड / कडा प्रतिस्पर्धाका कारण चर्चामा रहेको झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा बामगठबन्धनका उम्मेद्वार राम कार्की विजय भएका छन् ।

उनले नेपाली काग्रेसका स्थानिय युवानेता विश्वप्रकाश शर्मालाई ३ हजार २ सय ६३ मतले पराजित गरेका हुन् । विजयी उम्मेद्वार कार्कीले ३६ हजार १ सय ७३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका विश्वप्रकाशले ३३ हजार ३ सय १० मत प्राप्त गरेका छन् ।
यो क्षेत्र नेपाली काग्रेसका युवा नेता शर्मा र नेकपा माओबादी केन्द्रका नेता राम कार्की बीचको चुनावी टक्करका कारण बढी चर्चामा थियो । काग्रेसका नेता शर्मा एक्लै चुनावी प्रतिष्पर्धामा थिए भने सुरेन्द्र कार्की बामगठबन्धनका साझा उम्मेद्वार हुन । यी दुबै प्रतिस्पर्धी उम्मेद्वार बौदिक र तार्किक नेताका रुपमा चिनिन्छन् ।