एमालेका महासचिव ईश्वर पोखरेल काठमाण्डौं क्षेत्र नं ५ बाट विजयी

निर्बाचन २०७४ राजनीति राष्ट्रिय समाचार

काठमाडौँ  / काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् । उनी बामगठबन्धनका साझा उम्मेद्वार पनि हुन् ।
पोखरेलले २३ हजार २९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार एवम् नेपाली काग्रेसका नेता डा. प्रकाशशरण महतले १३ हजार १ सय ६९ मत प्राप्त गरेका छन् । काठमाण्डौ क्षेत्र नं ५ मा ४५ हजार ९ सय १२ मत खसेको थियो ।