किन गरे विराट र अनुस्काले इटालिमा विहे

फिल्मी संसार मनोरञ्जन

एजेन्सी  /  भारतीय क्रिकेट टिमका क्याप्टेन विराट कोहली र चर्चित अभिनेत्री अनुस्का शर्मा विवाह बन्धनमा बाँधिएका छन् । सोमबार इटालिको टस्कनीमा उनीहरुले विवाह गरेको ट्वीटर मार्फत जनाएका छन् ।

विवाहमा उनका नजिकका साथी परिवार मात्र सहभागी थिए । उनीहरु विगत ४ वर्षदेखि बलिउडमा चर्चित लभ जोडिका रुपमा चिनिन्थे । बैबाहिक कार्यक्रममा सचिन तेन्दुलकर, साहरुख खान लगायतका कलाकार सहित ५० जनालाई निम्ता गरिएको थियो ।

विराट र अनुस्का केही समय अघि इटालि गएका थिए । विवाह इटालिमा गरे पनि डिसेम्बर २६ तारिक मुम्बइमा उनीहरुले भव्य पार्टीको आयोजना गर्ने बताइएको छ । पार्टीमा भारतीय फिल्म इन्डस्ट्रिजका चर्चित कलाकार र क्रिकेटरहरु उपस्थित हुने बताइएको छ ।