यसरी सांगितिक बन्यो गायक प्रदिप र एन्जिलाको विहे

गित संगीत मनोरञ्जन समुदाय सस्कृति स्थानीय

गोपिन पोखरेल

धुलाबारी /  झापा विर्तामोड निवासी गायक प्रदिप चुडाल धुलाबारी निवासी एन्जिला सिटौलासँग विवाह बन्धनमा बाँधिएका छन् । केही समय देखिको प्रेम सम्बन्धलाई साकार पार्दै प्रदिप र एन्जिलाले धुलाबारी स्थित बाणिज्य संघको हलमा सोमबार हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् ।

पछिल्लो समय झापामै रहेर पनि विभिन्न गित गाएर सफल गायकको पहिचान बनाइसकेका प्रदिप १ बर्षअघि देखि बैदेसिक रोजगारमा देश बाहिर थिए । भरपुर साँगितिक माहोलका बिच चुडालको विवाह सम्पन्न भएको थियो ।

चुडालले विवाहकै अवसरमा गायक सुगम पोखरेलको हेर झिल्केले र फिल्म प्रेम गितको टाइटल गित गाएर घर गाँउले र जन्तीलाई मनोरञ्जन दिलाएका थिए भने बेहुली एन्जिलाले नृत्य गरेकी थिइन् । विवाह अवसरमा बेहुला र बेहुली पक्षबिच प्रतिस्पर्धात्मक नृत्यको कार्यक्रम समेत भएको थियो ।

चुडालले कान्छि तिम्रो डिम्पल गालाले, फुलैको चल्छ बासना, कालो कालो केश तिम्रो, देउराली भाकि , रेटेउ अनि थाहा पाएँ लगायतका चर्चित गित गाउनुका साथै रचना र संगित पनि गरेका छन् ।

मंसीर २५ गतेको शुभ साइतमा विवाह गरेका चुडालले मंगलबार विर्तामोडको होटल हिकोला हेरिटेजमा साँगितिक कार्यक्रम सहित भव्य पार्टीको आयोजना गरेका थिए ।