झापाली कलाकार सञ्तोष डेब्यूबाटै चर्चामा

गित संगीत मनोरञ्जन मोडलिङ स्थानीय

भिडीयो रिलिज भएको ८ दिनमै युटुबमा ४ लाख धेरैले हेरिसकेका छन् । यस भिडियोमा झापा बुद्धशान्ति गाउँपालिका वार्ड नम्बर ६ का सन्तोष ढुंगेलले पहिलो पटक बोकेदारीको गित मार्फत अभिनयमा डेब्यू गरेका छन् । अभिनय क्षेत्रमा यो आफ्नो पहिलो अनुभव भएता पनि पहिलो पटकको भिडियो नै सबैले मन पराएकोमा खुशी व्यक्त गर्छन् ढुंगेल ।

युटुबमा भिडीयो रिलिज भएसँगै ढुंगेललाई आजकल विभिन्न स्टेज प्रोग्राममा कार्यक्रम होस्ट गर्नका लागि निमन्त्रणा पनि आउने गरेको छ । भिडीयोमा नेपाली सामाजमा भएको यर्थाथतालाई प्रस्तुत गर्ने क्रममा सोझो रामको चरित्रमा देखापरेका छन् उनी । भिडीयो हेर्ने प्राय सबैजसोले उनको अभिनयलाई मन पराएका छन् । यसबाट उनलाई अब आउने दिनमा अझ अघि बढ्न प्रोत्साहन मिलेको छ ।  उनी एक उनी कुसल व्यवसायी पनि हुन् ।

म्यूजिक भिडियोमा रावणको भूमिकामा निरज सिटौला, विष्णुको भूमिकामा सुरज कोइराला रहेको बोकेदारीले बताए । त्यस्तै, म्यूजिक भिडियोमा सीता,लक्ष्मी र बृन्दाको भूमिकामा क्रमशः संचिता ढकाल,ऋचा श्रेष्ठ र रोशनी कार्कीले अभिनय गरेका छन् ।

युवराज वाइवाले निर्देशन गरेको उक्त म्यूजिक भिडियो उशब दाहालले खिचेका छन् । गितमा शव्द,स्वर र संगित पूर्वेली गायक लुईटेलकै रहेको छ भने मनिषा पोखरेलले पनि उनलाई गायनमा साथ दिएकी छन् ।