प्रदेश सभामा निर्वाचित भएपछि दुर्गा मन्दिर अगाडी उभिएर के भने कार्कीले …….

निर्बाचन २०७४ प्रदेश राजनीति समाचार स्थानीय

गरामनी / नव निर्वाचित उमेरद्वार एकराज कार्कीले पार्टीले आफुलाई जिम्मेवारी दिएको खण्डमा जनता समक्ष गरेको प्रतिबद्धता कटिबद्ध भएर पुरा गर्ने बताएका छन् ।

झापा क्षेत्र नं २ को १ का प्रदेश सभा उमेरद्वार कार्कीले आज विर्तामोड नगरपालिका वडा नं ८ स्थित दुर्गा उच्च माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी तथा गरामनी बासीले आयोजना गरेको बधाइ तथा सुभकामना कार्यक्रममा बोल्दै त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘मलाई तपाईहरुले जुन अपेक्षाले मत दिएर जिताउनु भएको छ त्यो पुरा गर्न म लाग्छु’– उनले भने यस क्षेत्रका समस्या समाधान गर्नु मेरो पहिलो प्राथमिकता हुने छ ।

गरामनी बजार व्यवस्थापन सिमितिका सदस्य ईश्वर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटी, उप प्रमुख पवित्रा महतरा प्रसाई, दुर्गा उच्च माविका भूपु विद्यार्थी प्रेमराज घिमिरे, पत्रकार गोपाल काफ्ले लगायतले नवनिर्वाचित सभासद्लाई शुभकामना दिदै जनता समक्ष गरेका बाचा पुरा गर्न सुझाव दिएका थिए ।

बजार व्यवस्थापन समितिका सदस्य एकराज विष्टले स्वागत गरेको कार्यक्रममा भूपु विद्यार्थीे अच्युत सुवेदीले औचित्य माथि प्रकाश पारेका थिए भने सञ्चालन भूपु विद्यार्थी एवम् पत्रकार सरोज पौडेलले गरेका थिए ।

कार्यक्रम प्रतिनिधि सभा तथा प्रदेश सभामा भर्खरै सो क्षेत्रबाट निर्वाचित प्रतिनिधिलाई बधाई दिदै निर्वाचन अघि गरेका बाचा पुरा गर्न प्रतिबद्ध पार्र्ने उद्देश्यले आयोजना गरिएको सञ्चालक पौडेलले बताए ।

सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेललाई समेत बोलाइए पनि धेरै कार्यक्रम जुधेका कारण देखा परेर उनी अन्यत्रै गएकी थिइन् । कार्यक्रममा दुर्गा उच्च माविका प्राचार्य कृष्ण पाठक, एमालेका विर्तामोड नगर उपसचिव कृष्ण मिश्र, नगरपालिकाका विभिन्न वडाका अध्यक्ष लगायतको उपस्थिति थियो । कार्यक्रम गरामनीको दुर्गा मन्दिर प्राङगढमा भएको थियो ।