बाल सुबोधिनीका विपन्न विद्यार्थीलाई अब जाडो नहुने

विश्व थापा

दुहागढी / झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीहरुलाई दाताहरुले जाडोबाट बच्न न्यानो कपडा प्रदान गरेका छन् ।

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच मेचीनगर १४, धाइजनमोड स्थित बिहानी बचत तथा ऋण सहकारी संस्थाले ३० जनालाई र स्थानीय समाजसेवी विनोद अधिकारीले ५ जना विद्यार्थीलाई स्वीटर प्रदान गरेका हुन ।

संस्थाका अध्यक्ष गोपिकृष्ण प्रसाईं, उपाध्यक्ष सुरेश बुढाथोकी, व्यवस्थापक जितेन्द्र कार्की र दाता विनोद अधिकारीले संयुक्त रुपमा विद्यार्थीहरुलाई स्वीटर प्रदान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा व्यवस्थापन समितिकी सदस्य कृष्ण कुमारी सुवेदी र प्रधानाध्यापक विश्व थापाले सहयोगका लागि दाताहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।