हाँस्य टेलिश्रृङला ‘नहाँसेर भो’ प्रसारणको तयारीमा

काठमाण्डौं / हाँस्य व्यङ्गयलाई प्राथमिकता दिएर तयार पारिएको नयाँ हाँस्य टेलिश्रृङला नहाँसेर भो जनता टेलिभिजनबाट प्रसारण हुने भएको छ ।

पुस ६ गते विहीबार बेलुका ८: ४५ बजेदेखि प्रसारण हुने सो हाँस्य टेलिश्रृङला आइन्द्र लिम्बू र समीर सुबेदीको लेखन तथा निर्देशनमा तयार भएको लेखन सहयोगी तथा सह निर्देशक आशिष ठकुरीले बताए ।

साथै सो हाँस्य टेलीसश्रृङखला युटुब च्यानल रामसार मिडियाबाट पनि हेर्न सकिने बताइएको छ । टेलीटेलिश्रृङलामा आशिष ठकुरी, सुजन ढकाल, हरिसा बानियाँ (भुनियाँ), समिर सुबेदी, आइन्द्र लिम्बू लगायतका कलाकारले अभिनय गरेका छन् ।

मधु ढकालको निर्माण, बद्री सुबेदी निर्माण सल्लाहकार रहेको सिरियलमा गणेश भट्टराइले ब्यबस्थापन गरेका छन् । प्रवेश पोखरेलले क्यामरा र पासाले मेकअपको जिम्मेवारी निभाएका छन् ।