विभिन्न कार्यक्रम गरि क्यानरीको वार्षिक उत्सव सम्पन्न आधा दर्जन शिक्षक कर्मचारी सम्मानित

हल्दिबारी झापा /  झापाको हल्दिबारी गाँउपालिका-२ स्थित क्यानेरी एकाडेमीले सोमबार १८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।

प्याप्सन झापाले शनिबार देखि सो विद्यालयमा संस्थाको शैक्षिक कल्चरल कार्यक्रम अन्तर्गत क्षेत्र नं १ स्तरिय साँस्कृतिक कार्यक्रममा सञ्चालन गरेको थियो । क्यानोरीका छात्र छात्राले साँस्कृतिक कार्यक्रममा दोस्रो स्थान हासिल गरेका थिए । सोही अवसरमा क्यानेरीले आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको प्रिन्सिपल टिकादेवी चुडालले जानकारी दिइन् ।

विद्यालयले सोही अवसरमा शिक्षण पेशामा रही राम्रो कार्य गर्ने उत्कृष्ट शिक्षक शिक्षिकालाई सम्मान गरेको थियो । त्यस्तै, ड्रिम्स इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको स्कुल डान्स च्याम्पमा भाग लिन विभिन्न डान्स प्रतियोगितामा भाग लिई प्रथम,दितीय र तृतिय हुन सफल लादिम राई, स्वस्तिका काम्बाङ, र रेवत राईलाई पुरस्किृत गर्दै क्यानरी आइडल घोषणा गरिएको थियो ।

क्यानरी आइडलमा उत्कृष्टले स्कुल डान्स च्याम्प प्रतियोगितामा भाग लिन पाउने छन् । कार्यक्रमकै अवसरमा शिक्षक मोहन बेघाको शव्द संगितमा तयार गरिएको स्कूलको परिचय दिने क्यानरी स्कुलको गित गाउने प्रतिक ढकाल, इरान्त पौडेल, कृपा पौडेललाई सम्मान गर्दै कदरपत्रसहित जनही १/१ हजार नगद प्रदान गरिएको थियो ।

प्रिन्सिपल टिकादेवी चुडालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी श्रोत केन्द्रका श्रोत व्यक्ति टंकप्रसाद सेडाई, चिल्ड्रेन गार्डेन अग्रेजी स्कूलका प्रिन्सिपल दुर्गामणी गौतम, ज्योति अंग्रेजी विदालयका संस्थापक शिक्षक प्रल्हाद सिलवाल, रेडक्रस हल्दिबारी उपशाखा अध्यक्ष कर्णखर प्रसाई,परासर दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक मोहन बेघाले गरेका थिए भने १ दर्जन छात्र छात्राले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । २०५६ सालमा स्थापना भएको सो विद्यालय कक्षा १० सम्म सञ्चालित छ । विद्यालयमा ६६० जना विद्यार्थी अध्यनरत छन् ।