प्रमोद खरेलको नयाँ गित दन्तैमा सार्वजनिक

काठमाण्डौं / आधुनिक सुगम संगितका लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गित ‘दन्तैमा’ आज मंगलबार सार्वजनिक भएको छ ।

खरेलले यो गित उनको आफ्नै यूट्युब च्यानल सिंगर प्रमोद खरेल बाट सार्वजलिक गरेका हुन् । झुम्काली , लाइदेउन मायाले जस्ता डान्सिङ गित गाएर चर्चामा रहेका प्रमोदको यो नयाँ गित फरक प्याट्रनको रहेको छ ।

दिक्षा क्रिएसनको प्रस्तुती रहेको गितको कम्पोज शंकर स्माइलले गरेका छन् । गितमा सुनिल क्षेत्री,प्राञ्जली सापकोटा र नेपाली ठिटोजको अभिनय रहेको छ भने कोरियोग्राफी पनि नेपाली ठिटोजले नै गरेको छ । म्यूजिक भिडियो निर्देशन सुनिल क्षेत्रीले गरेका छन् ।