बुट्टाबारीको जङ्गल गार्डेन बइज हाउसको उद्घाटन

बुट्टाबारी झापा /  झापाको अर्जुनधारा नगरपालिका–वडा नं ११ स्थित बुट्टाबारीमा रहेको जङ्गल गार्डेन बइज हाउसको आज मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

बन्दी सहायता नेपालको सहयोगमा निर्माण भएको २ वटा भवनको आज उद्घाटन गरिएको हो । बन्दी सहायता नेपाल झापाका संयोजक तथा कार्यक्रमका सभापति जगत बहादुर मगर र प्रमुख अतिथि झापा क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेलले संयुक्त रुपमा रिवन काटेर गार्डेन बइज हाउसको उद्घाटन गरेका हुन ।

बन्दी जीवन बिताइरहेका व्यक्तिका छोरा, छोरी र असाय बाल–बालिका संरक्षण गर्न सो भवन निर्माण गरिएको संस्थाका झापा जिल्ला संयोजक मगरले जानकारकी दिए । ३५ लाख रुपयाँको लागतमा बनेको सो भवनमा ४० जना बालबालिकाले खान, बस्न र पठनपाठन गर्न सक्ने गरी भवन निर्माण गरिएको बन्दि सहायता नेपालका पुर्वाञ्चल शाखा उपाध्यक्ष अर्जुन थेवेले जानकारी दिए ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरी राना मगरले सो भनवको सुरक्षाको लागि स्थानीय क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए । पीए नेपालकी अध्यक्ष इन्दिरा राना मगरले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन बन्दी सहायता नेपालका झापा सचिव रञ्जीत परियारले गरेका थिए ।