झापा बुद्धशान्तिको राष्ट्रिय बिजय माविका ५० विद्यार्थीले पाए स्विटर

बाल बालिका बिद्यालय-कलेज शिक्षा

बुद्धशान्ति / झापा बुद्धशान्ति गाउपालिका ७ स्थित राष्ट्रिय बिजय माध्यमिक बिद्यालयका ५० जना विपन्न छात्र छात्रालाई स्वीटर बितरण गरिएको छ ।

साविक शान्तिनगर सुनमाईको सो विद्यालयका आर्थिक स्तर न्युन भएका बालबालिकालाई चारआली मेडिकल एण्ड ढकाल क्लिनिकका संचालक सुवास ढकालले स्विटर वितरण गरेका हुन् ।

मेचीनगर–१३ निवासी सो मेडिकलका संञ्चालक ढकालले आज एक कार्यक्रमको आयोजना गरी ६३ बर्षिया माता इश्वरी ढकाल र श्रीमती साबित्रा ढकालको हातबाट कक्षा १,२,३,५ र ६ का बिद्यार्थीलाई स्वीटर  बितरण गरेको शिक्षक निरन गौतमले जानकारी दिए ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्णप्रसाद अर्यालको अध्यक्षता तथा वडाध्यक्ष मात्रिका प्रसाद पौडेलको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रामप्रसाद तिम्सिना, बिद्यालय अविभावक संघका प्रतिनिधिहरको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन शिक्षक निरन गौतमले गरेका थिए ।