अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि विर्तामोडलाई

कमल गाउँपालिका /  झापाको कमल गाउँपालिका ५ स्थित गुहेश्वरी स्कूलको खेल मैदानमा आज बुधबार सम्पन्न फाइनल खेलमा बिर्तामोड भेट्रान क्लब विर्तामोडले उपाधि हात पारेको छ ।

स्व. टंक राई स्मृति चौथो अन्र्तर्रािष्ट्रय भेट्रान फुटबल प्रतियोगिता अर्तगत आज पूर्वाञ्चल भेट्रान क्लव लखनपुर र विर्तामोड भेट्रान क्लब बिच खेल भएको थियो । बिर्तामोडले पूर्वाञ्चल भेट्रान क्लबलाई शून्यका विरुद्ध १ गोल गर्दैे नगद रु १ लाख १ हजार १० रुपैयाँ राशीको उपाधि जितेको हो ।

उपविजेता पूर्वाञ्चलले नगद ४० हजार ४०४ रुपैयाँमा प्राप्त गर्यो । बिर्तामोडका तर्फबाट तोयाराम भुजेलले खेलको छैटौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । निक्कै प्रतिष्पर्धात्मक खेलमा दुवै टीमले गोल गर्ने प्रशस्त अवसर पाए पनि त्यसलाई दुबैतर्फका गोल रक्षकहरुले बिफल तुल्याई दिएका थिए । मध्यान्तर पछि आक्रामक खेलेको पूर्वाञ्चलले निर्धारित समयमा गोल फर्काउन सकेन ।

आजको खेलमा बिर्तामोडका भुजेल नै म्यान अफ दि म्याच भए । त्यस्तै प्रतियोगितामा सबैभन्दा धेरै ५ गोल गर्ने पूर्वाञ्चल भेट्रानका सुमन श्रेष्ठ हाइस्कोररबाट पुरस्कृत भए भने बिर्तामोडका मोहन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा नेपाल सहित बंगालादेशको १ र भारतको २व टा फुटबल टीम गरी जम्मा १४ वटा टीमले सहभागिता जनाएका थिए । विजेता टिम र खेलाडीलाई अखिल नेपाल फूटबल संघ एन्फाका केन्द्रीय सदस्य बसन्त अर्याल, कमल गाउँपालिकाका उपाध्यक्ष बेणु शिवाकोटी लगायतले पुरस्कार वितरण गरेका थिए ।