‘हिमाली हावा’ किन्न पाईने ठाउं

एजेन्सी / यदी तपाईं स्वीटजरल्याण्ड पुग्नुभएको छ भने त्यहाँ सबैकुरा महंगो छ भन्ने कुरा थाहा होला । हुँदाहुँदा त्यहाँको हावासमेत महंगोमा बिक्री भइरहेको छ ।

हुनत त्यहाँको हावा निःशुल्क छ । तर, यदी तपाईंले त्यहाँको हिमालको हावा अर्डर गर्नुभयो भने ठूलो रकम तिनुपर्ने हुन्छ । आल्पस् हिमश्रृंखलाबाट संकलन गरिएको उक्त हावालाई एक लिटरको डब्बामा संकलन गरेर बेचिन्छ । जसको लागि तपाईंले करिब १७ हजार नेपाली रुपैयाँ तिर्नुपर्ने हुन्छ । बासेलमा बसिरहेका बेलयाती एक्सपाट जोन ग्रिनले यो व्यवसाय शुरु गरेका हुन् ।

यो अनलाइन व्यवसायबाट उनले स्वीटजरल्याण्डको हावा विश्वभर बेची रहेका छन् । उनले उक्त हावा स्वीटजरल्याण्डको जरम्याट नामक गाउँको गोप्य स्थानबाट संकलन गरेको दाबी गर्छन् ।

हावाको बोतलमा हावा स्वीटजरल्याण्डकै भएको प्रमाणित गरिएको छ भने त्यहाँ जुन स्थानबाट हावा संकलन गरिएको हुन्छ त्यसको जिपिएस पनि उपलब्ध हुन्छ ।

यति महंगोमा सबैले हावा किन्न नसक्ने हुँदा उनले ९७ डलरमा ५ एमएलको बोतल पनि बेचिरहेका छन् । खर्च गर्न सक्नेहरुले २४७ डलरमा ३ लिटरको हावाको बोतल पनि किन्न सक्नेछन् ।

बेलायतको केन्टका बासिन्दा ग्रिनले हावालाई विश्वका विभिन्न ठाउँमा पुर्याउनुपर्ने भएकाले महंगो पर्ने बताउँछन् । उनी यो व्यवसाय क्षणिक नहोस् भन्नेमा पनि आफू सचेत रहेको बताउँछन् ।

यस व्यवसायबाट आर्जित नाफाको २५ प्रतिशत उनले वल्र्ड भिजन नामक च्यारिटीलाई पनि दान गर्छन् । वल्र्ड भिजनले अफ्रिकामा शुद्ध खानेपानीको क्षेत्रमा काम गरिरहेको छ । ग्रिनको यो योजना नयाँ भने होइन, यसअघि फ्रान्स, क्यानाडा, रसिया र चीनमा यो व्यवसाय धेरै अघि देखि नै शुरु भइसकेको छ । अनलाइन चौतारी