सेयर बजारमा १० अर्ब लगानी गर्न एनआरएन तत्पर

काठमाडौं / गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले सेयर बजारमा १० अर्ब लगानी गर्ने मनस्थितीमा आफुहरु रहेको बताएका छन् ।

भेटमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले नेपालको धितोपत्र वजारमा एनआरएनलाई सहभागी गराउन आवश्यक नीतिगत व्यवस्था गर्न वोर्डले कार्य अगाडि वढाई सकेको जानकारी दिएका छन् ।नेपाल धितोपत्र बोर्डमा हालै भएको बैठकमा उनीहरुले यस्तो लगानी तत्परता देखाएका हुन् । एनआरएनका अध्यक्ष भवन भट्टले विदेशमा ठूलो संूूख्यामा छरिएर रहेका एनआरएन साथीहरु नेपालको पँुजी वजारमा संस्थागतरुपमा लगानी गर्न इच्छुक रहेको जानकारी गराएका हुन् । उनले धितोपत्र बोर्डलाई गैरआवासीयले बजारमा लगानी गर्ने वातावरण बनाइदिन आग्रह समेत गरे ।

एनआरएनका लागि धितोपत्रको दोस्रो बजार खुला गर्ने सम्बन्धमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालयका प्रतिनिधि तथा विज्ञ संलग्न समिति गठन भइसकेको छ । समितिले प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने सम्बन्धमा बैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा बनाइरहेको कार्कीले स्पष्ट पारे ।

कार्कीलेले एनआरएनलाई बोर्डबाट के कस्तो अपेक्षा रहेको छ लिखितरुपमा जानकारी गराउन समेत आग्रह गरेका छन् । उक्त भेटघाट कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष जिवा लामिछाने तथा वोर्ड उच्च पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो । #अनलाइन खबर