जेरुसेलम विवादः अमेरिकी निर्णयविरुद्ध नेपालको मत

देशबाहिर

काठमाडौं / संयुक्त राष्ट्रसंघ महासभामा नेपालले पनि जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यतालाई अमेरिकी निर्णयविरुद्ध मत दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मात्र जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने घोषणा गरेका थिए ।

त्यसप्रति असन्तुष्ट अरब र मुस्लिम देशहरुको माग बमोजिम १९३ सदस्यीय महासभाको आपतकालिन सत्र बोलाइयो, जहाँ अमेरिकाको नाम उल्लेख नगरी जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने निर्णय उल्टाउने प्रस्ताव लगिएको थियो ।

महासभामा मतदान हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तावको पक्षमा मतदान गरे सहयोग रोक्ने चेतावनी दिए ।

तर, ट्रम्पको चेतावनीका बाबजुद नेपालसहित १२८ मुलुकले जेरुसेलमलाई इजरायलको राजधानी मान्यता दिने निर्णय उल्टाउने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

९ मुलुकले मात्र प्रस्तावको विपक्षमा मत दिएका छन् भने ३५ मुलक मतदानमा अनुपस्थित रहेका थिए । अनलाइनखबर