शुरुभयो धारागोला कृषि तथा पर्यटन महोत्सव

कृषि पर्यटन मनोरञ्जन व्यापार व्यवसाय स्थानीय

शान्तिनगर / झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा आजबाट ५ दिने धारागोला भ्यू–टावर कृषि तथा पर्यटन महोत्सब शुरु भएको छ ।

आज एक कार्यक्रमको आयोजना गरि वडा नम्बर–७ का वडाध्यक्ष तथा प्रमुख अतिथी मात्रिका प्रसाद पौडेलले बेलुन उठाएर महोत्सबको उद्घाटन गरे । महोत्सब आयोजक समितिका अध्यक्ष चक्र शेर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–४ का वडाध्यक्ष बुद्धिमान जबेगु लिम्बुको बिशेष आतिथ्य रहेको थियो ।

दृष्यावलोकनको लागि यहाँ करिब एक करोडको लागतमा भ्यू–टावर बनिरहेको छ । सोही भ्यू–टावरलाई पूर्णता दिन सम्बन्धित निकायको ध्यान केन्द्रित गराउन बिगत ३ बर्षदेखि महोत्सबको आयोजना गरिदै आएको छ ।

कार्यक्रममा बिशेष अतिथी जबेगु, राष्ट्रिय बिजय माबीका प्रधानाध्यापक रामप्रसाद तिम्सीना, साहित्कार तथा समालोचक मुनाराज शेर्मा, शान्ति आदर्श माबीका शिक्षक सोमनाथ पौडेल, प्रमुख अतिथी पौडेल लगायतले मन्तब्य राखेका थिए ।

महोत्सब आयोजक समितिका उपाध्यक्ष नीरकुमार सुबेदीले स्वागत तथा महोत्सब आयोजक समितिका अध्यक्ष शेर्माले कार्यक्रमको औचित्यमाथी प्रकास पारेका थिए । कार्यक्रमको संचालन प्रचाररप्रसार समितका संयोजक दिपेन लावतीले गरेका थिए ।

महोत्सब पौष ११ गते सम्म संचालन हुने छ । महोत्सबमा दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती रहने छ । यसका साथै कृषि प्रदर्शनी र साहित्यीक कार्यक्रमको आयोजना समेत गरिएको छ । ५ लाख खर्च हुने महोत्सबमा करिब २ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने आयोजकको लक्ष्य छ ।