बले, कक्रोज र रक्षा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं/ मेलिना राई र किरण भुजेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘माया मैसँग लाइदेऊ न’ बोलको गीतमा किरण भुजेल र मेलिना राईको आवाज रहेको छ।

डीपी खनालको शब्द रहेको गीतमा शंकर थापाको संगीत रहेको छ। युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा सागर लम्साल ‘बले’, हरिश निरौला ‘कक्रोज’ र रक्षा श्रेष्ठ र जुना सुन्दास फिचरिङ छन्। उत्सव दाहालले खिचेको भिडियोमा निशान घिमिरेको सम्पादन र सुरेन बसेलको कोरियोग्राफी रहेको छ। थाहा खबर