आर्सनल र लिभरपुल बराबरीमा रोकिए

खेलकुद देशबाहिर

इङ्ल्याण्ड / इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले  बराबरीमा खेलेका छन ।
लिग अन्तर्गत शुक्रवार राति सम्पन्न एक मात्र रोमाञ्चक खेलमा दुवै टोलीले ३/३ को बराबरी खेल्दै अंक बाडेका छन् ।

लिभरपुलका लागि २६ औं मिनेटमा फिलिप कोन्टिन्होले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा मोहम्मद सालेहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।
खेलको ५२ मिनेटसम्म २ गोल गर्न सफल लिभरपुलले त्यसपछिको ५ मिनेटको अवधिमा ३ गोल खाएको थियो । आर्सनलका लागि ५३ औं मिनेटमा अलेक्सिज सान्चेज, ५६ औं मिनेटमा ग्रानिट जाका र ५८ औं मिनेटमा मेसुट ओजिले गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याए ।

तर खेलको ७१ औं मिनेटमा रोबर्टो फिरमिनोले लिभरपुलका लागि बराबरी गोल गर्दै टोलीलाई हारबाट जोगाए । बराबरीपछि १९ खेलबाट ३५ अंक जोडेको लिभरपुलचौथो र समान खेलबाट ३४ अंकसहित आर्सनल लिगको पाँचौँ स्थानमा छ । #नागरिक न्यूज